आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न ज्ञानेन्द्र शाहीले दिए रविलाई सुझाव

1.2k Shares

काठमाडौँ, ११ बैशाख । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज नेपालभर सार्वजनिक विदा दिइएको गृहमन्त्रालय जानकारी दिएको थियो। गृहमन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेपछि गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्- 

माननीय रवि लामिछानेज्यु,  हिजोका दिनहरुमा तपाईंले जनताको आवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?

सम्बन्धित समाचार