रविको आक्रोशमा गगनको शालिन जवाफः मुलुक झुक्याउने काम नगराैं, पर्याप्त प्रमाण छन

2.4k Shares

काठमाडाैं । सहकारी ठगी आरोपमा संसदमा बोल्न पाउनुपर्ने मागमा कांग्रेस लचिलो बनेपछि संसदमा लामो समय बोलेका उपप्रधान एवम् गृहमन्त्री रव लामिछानेले प्रतिशोधपूर्ण अभिव्यक्ति दिदै आफ्नो बचाउ गरेका छन् । 

आफू सम्बद्ध मन्त्रालयबारे प्रष्टीकरण दिने र आफ्नो मातहतका नियायले गर्ने अनुसन्धानमा कुनै बाधा नपुर्‍याउने विश्वास दिलाउनुपर्नेमा रविले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुमाथि रोष व्यक्त गरे । 

कांग्रेस महामन्त्रीलाई नामै नलिई बाख्रा फारमदेखि कृषि अनुदान अनियमितता र विदेशीलाई नेपालको सूचना बेचेको आरोप समेत लगाइदिए । रविले कांग्रेस सांसद धनराज गुरुङमाथि रातो पासपोर्ट प्रकरण कोट्याए भने रामहरी खतिवडामाथि रोलेक्स घडी चोरीको आरोप लगाएको विषय पनि उठाए । रविले टेकबहादुर गुरुङमाथि पनि प्रश्न उठाए भने टिकापुर जग्गा प्रकरणको नाम सगाैरव उल्लेख गरेर कांग्रेस सभापति पत्नी आरजु राणा देउवामाथि समेत प्रहार गर्ने कोसिस गरे भने नक्कली शरणार्थी प्रकरण पनि उठाए ।

संसदीय समितिको आवश्यकता र औचित्यमाथि प्रष्ट पा्र्नुपर्ने रविले आफूविरुद्ध समिित बन्ने हो भने अन्यविरुद्ध पनि समिति बन्नुपर्ने नभए सबै मिलेर कसैको पनि नगराैं भन्ने आशय व्यक्त गरिदिए । 

उसोतः रविले आफू निर्दोष रहेको कुरा पनि पटक-पटक दोहोर्‍याए । तर, गतिलो दलील पेश गर्न नसकेका रविले सत्ताको बहुमतबाहेक कुरामा भने दमदार रुपमा पेश हुन सकेनन् । 

तर,रविको जवाफ दिन भन्दे पत्रकार सम्मेलन आयोजना गरेका कांग्रेस महामन्त्री गगन थापाले भने कृषि फारमदेखि सूचना वेचेको आरोपमा छानविन समिति बनाउन चुनाैति दिएका छन् । तैले चोरेपछि मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशय पेश भएको भन्दै गगनले शालिन शैलीमा प्रतिवाद गरेका छन् । 

गगनले रास्वपा र रविविरुद्ध मात्रै नभई एमालेमाथि समेत क्रोध पोखेका छन् । एमाले-रास्वपा गिरिबन्धु टि-स्टेट र सहकारी ठगी प्रकरणमा मिलेर जाने रणनीति बनाएको भन्दै गगनले प्रहार गरेका छन् । 

गगन थापाले रविले कांग्रेस र देशलाई नै झुक्याउन खोजेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा पर्याप्त प्रमाण रहेको भन्दै कागजात समेत देखाए । सीआईबीले गरेको अनुसन्धान फाइल देखाउदै गगनले आरोप लगाउदै गर्दा गृहमन्त्रीले नै त्यो फाइल रोकेर अनुसन्धान ढिसमिस पारेको आरोप समेत लगाए । 

सम्बन्धित समाचार