2.2k
Shares
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार काठमाडाैं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।
वुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडाैं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको नेता नैनसिंह महरले जानकारी दिएका छन् ।
कांग्रेसले सहकारी पीडितलाई न्यायका लागि प्रदर्शन गर्ने बताएको छ । सहकारी ठगी प्रकरणमा राष्टर्िय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिको माग गर्ने र उनको राजीनामा नै माग्ने गरि कांग्रेस अघि बढेको छ ।
कांग्रेसले पार्टीको कामकारबाहीबारे समेत समिक्षा गरेको बताएको छ ।