काठमाडौं । काठमाडाैं महानगरपालिकाका प्रहरी राजु पाण्डेले मच्चाएको दादागिरीले हद नाघ्न थालेको भन्दै महानगर कर्मचारीहरुले कानेखुशी गर्न थालेका छन् ।
महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'को नाम भजाएर जे पनि गर्छु भन्दै कर्मचारीमाथि जाइलाग्ने पाण्डेले पदको दुरुपयोग राम्रैसँग गरिरहेोक महानगर स्रोतले जनाएको छ ।
पाण्डेले कसरी मनपरी गर्न सक्छन भन्ने पछिल्ला उदाहरण धेरै भएपनि महिला प्रहरी कर्मचारीमाथि गरेको भनिएको हिंसा र उनको राजीनामाले समेत धेरै कुरा पुष्टी हुने बताइन्छ । भने, पाण्डेले पातलेवन रिसोर्टमा गरेको झगडा काण्डले पनि उनको बारेमा अनेक चर्चा हुने गरेको छ ।
दुई श्रीमतिमा श्रीमान पाण्डेले पदको दुरुपयोग गर्दै आफूभन्दा दुई तहमाथिका विभागीय प्रमुखको बेइजत गर्न हदैसम्मका काम गर्न थालेपछि महानगरभित्र अन्य कर्मचारी समेत पाण्डेको हर्कतलाई लिएर क्रोधित बनिरहेका छन् ।
बीसौं बर्ष महानगरपालिकाका जागिर खाँदा पनि एक पटक विवादमा नमुछिएका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठलाई सवारी दुरुपयोग गरेको भन्ने हल्ला फिजाएर पाण्डेले लुट मच्चाउन खोजेको भन्दै महानगरभित्र चर्चा चलेको छ ।
आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रिसवी साध्न महानगरपालिकाका नगर प्रहरी एसएसपी पाण्डेले वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले सरकारी सवारी दुरुपयोग गरेको भ्रम फैलाएका आरोप लागिरहेको छ । महानगरपालिकामा मेयर बालेन साह आएपछि पाण्डेले कसैलाई पनि नटेर्ने गरेको बताइन्छ । त्यही भएर होला वातावरण विभाग मार्फत फोहोर सकलन गर्ने ठेक्का कानून विपरित राजु पाण्डे निकट व्यक्तिको कम्पनीलाई नदिएपछि राजु पाण्डे विचरा रविनमान श्रेष्ठमाथि खनिएका हुन् ।
विहिबार एकाविहानै रविनमान श्रेष्ठको घरमा महानगरप्रहरीका एसपी दिनेश अर्यालको नेतृत्वका नगरप्रहरी श्रेष्ठको घरमा पठाएर उनलाई कार्यालयले उपलब्ध गराएको सवारी दुरुपयोग भएकाले नियन्त्रणमा लिएको भन्दै सञ्चार माध्यममा भ्रम फैलाइएको आरोप लागेको छ । मेयर बालेन हुनुभन्दा अगाडिका सात वर्षसम्म महानगरमा काम नै नगरी तलव भत्ता खाएका पाण्डेको विगत पनि राम्रो भने देखिन्न ।
अहिले पनि मेयर बालेनको नाममा उनको पुरानो धन्दा अझै सेलाएको छैन । महानगरप्रहरी भित्रै महिला नगर प्रहरी माथि गरेको यौन दूव्र्यवहार र अपमान राष्ट्रिय महिला आयोगदेखि मेयर बालेनसम्म पुग्दा पनि कुनै सुनुवाई नभएपछि ती महिलाले केही महिना अगाडि मात्र जागिरबाट राजीनामा दिएकी छिन् ।
मेयरको आदेश भन्दै मेयरको बदनाम गर्ने पाण्डेले वडा अध्यक्षहरु समेतलाई टेर्दैनन् भन्ने कुरा महानगरकै वडा नं. ३ मा भएको डोजर काण्डले देखाएको छ । मेयर बालेनले आफूलाई काँखी च्यापेको बहानामा नगरप्रहरीहरुलाई मानसिक तनावदेखि धेरै दुख दिँदा पनि नगरप्रहरीहरु मौन बस्न बाध्य छन् । आफू एसपीबाट कामु एसएसपीमा बढुवा हुदा हत्त न पत्त फुली लगाउने पाण्डेले हवल्दारहरुको असई असई पदमा प्रदेश कानून बमोजिम नै बढुवा भएको अवस्थामा पनि बढुवा नगरी उल्टै निलम्वन गरको घटनाले पनि राजु पाण्डेको हर्कत स्पष्ट हुन्छ ।
अहिले महानगरमा राजु पाण्डेले रविनमान माथि गरेको ज्यादती र भ्रमपूर्ण प्रचारवाजी, अन्यायका विपक्षका कर्मचारी नै एकजुट हुन थालेका छन् । तर राजु पाण्डेले आफ्नो विगतको इतिहासलाई भुलेर नायक बन्न खोजिरहेका छन् ।
उसोतः महानगरको कर्मचारी सेवा सुविधा ऐनले तोकेभन्दा फरक ढंगले राजु पाण्डे स्वयंले सवारी दुरुपयोग गरिरहेका छन् । राष्ट्रिय परिचय पत्र बनाउने क्रममा दुई वटा श्रीमती भएकै कारण उनको राष्ट्रिय परिचय पत्र समेत बन्न सकेको छैन ।