२९ श्रावन, काठमाण्डौं । ने.क.पा. (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा आक्रोश बढेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद शाहीले जनताको निराशा र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताए ।
अहिले सबै राजनीतिक दलमाथि अविश्वास बढ्दै गइरहेको छ । सत्ताको नेतृत्व गरिरहेका दलहरूले यो विषयलाई गम्भीतापूर्वक लिएर समाधान नखोजे देश दुर्घटनामा जाने खतरा बढेको तर्क शाहीले गरे ।
माओवादीले संविधान संशोधन गर्न नहुने नभनेको उनले बताए । माओवादी अग्रगामी संविधान संशोधनको पक्षमा रहेको बताए । संविधान बनाइसकेपछि संघीय ऐन बनाउनुपर्नेमा दलहरूले सत्ताभन्दा अरु कुरामा चासो नदेखाएको आरोप लगाए ।