1.4k
Shares
भाद्र २, काठमाण्डौँ । राष्ट्रिय सभामाका सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन् ।
आईतवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको, दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताए ।
दलित समुदायलाई राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुने बताए । सांसद विश्वकर्माले नीति निर्माणका उच्च ओहोदामा दलित समुदायलाई नियुक्ति गर्न सरकारसँग माग गरे ।
सरकारमा दलित समुदायको शुन्यता रहेको बताए । मन्त्रीपरिषद्मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताए ।