2.1k
Shares
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियँँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भइरहेको छ । आज चाँदी हिजाेकाे तुलनामा प्रतितोला एक सय १५ रूपियाँ घटेको हो ।