1.5k
Shares
काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस–एमालेको वर्तमान सरकार आफ्ना उद्देश्यबाट च्यूत भएको आरोप लगाएको छ । पार्टीको यही माघ ११, १३ र १३ गते तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
राप्रपाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त भएको दाबी गरेको छ ।
राप्रपाले अहिले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखिएको आरोप लगाएको छ । अहिले देखेको अपरिपक्वता र असन्तुलनले देश ढिलोचाँडो भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खरता टड्कारो देखिएको उसको आरोप छ ।
