1.3k
Shares
६ चैत, काठमाडौं। सेयर बजार परिसूचक (नेप्से) आज पनि १४।८८ अंकले घटेको छ ।
नेप्से परिसूचक आइतबार देखि निरन्तर रुपमा घटि रहेको छ । अघिल्लो दिन ७।६ अंकले घटेको बजार बुधवार नेप्से १४।८८ अंकले घटेर २ हजार ६९७।४ बिन्दुमा झरेको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको कारोबार भएको छ । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रहेको ट । होटेल तथा पर्यटन ०।१० तथा व्यापार ०।६० प्रतिशत बढे भने अरु सबै सेक्टरका सूचक घटेका छन् ।