3.3k
Shares
काठमाडौं, १५ चैत । तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ ।तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृहमन्त्रालयले पुष्टि गरेको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका महर्जनको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पताल स्रोतका अनुसार उनको घाँटीमा गोली लागेको थियो ।