3k
Shares
काठमाडौं, १९ चैत ।प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डको औपचारिक भ्रमणका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री यही चैत २२ गते नेपाल फर्किनुहुने छ ।







