राप्रपाको विरोधसभामा घुसपैठको प्रयास विफल, शंकास्पद दुई व्यक्ति कार्यकर्ताद्वारा नियन्त्रणमा

1.8k Shares

काठमाडौं, २६ चैत्र । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको बल्खुमा आयोजित बृहत्त विरोध सभामा घुसपैठ भएको भन्दै राप्रपाका कार्यकर्ताहरुले शंकास्पद गतिविधिमा संलग्न २ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । 

तिनकुनेको घटनालाई ध्यानमा राख्दै राप्रपा नेतृत्वले सभाअघि नै आफ्ना कार्यकर्ताहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको थियो। सोहीअनुसार सभा स्थलमा निगरानी बढाइएको थियो। पक्राउ परेका ती दुई जनाले गलत गतिविधि गरेको कारण उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाईएको छ ।

सम्बन्धित समाचार