भिजिट भिसामा विदेश जाने घटे

4.3k Shares

१७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाबाट असुली भएकोबारे छानबिन भइरहँदा भिजिट भिसामा विदेश जानेहरुको संख्या नै घटेको छ । अनुसन्धान चलिरहेका बेला समेत केही युवा विदेशिएको विवरण आएपछि थप कडाइ गरिएको थियो । यसपछि भिजिट भिसामा जानेकै संख्या घटेको पाइएको हो ।

विमानस्थल अध्यागमन कार्यालयमा निरीक्षणका लागि आइतबार पुगेका अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले विमानस्थलबाट भिजिट भिसामा विदेश जानेको संख्या उल्लेख्य रुपमा घटेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘पहिले एक दिनमै ९ देखि १० हजारसम्म जाने गरेकोमा अहिले ६ हजार, ६ हजार ७ सय८ सय, कहिले ७ हजार जाने गरेको तथ्यांक छ ।’ पछिल्लो समय विमानस्थलमा पूर्ण कागजात नभएकाहरुलाई समेत कडाइ गरिएको र त्यसका कारण संख्या घटेको हुनसक्ने उनले बताए ।

सम्बन्धित समाचार