२०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ: अध्यक्ष दाहाल

3k Shares

२१ असार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा  पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 
अध्यक्ष दाहालले भन्नुभयो, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईँहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।’

अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गर्नुभयो ।

सम्बन्धित समाचार