काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमा वैचारिक सांगठनिक संकट देखिएको दाबी गरेका छन् ।
प्रचण्डले काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यताबाटै रोक्ने काम भएको र यसमा एमाले अध्यक्ष केपी ओलीले आफूलाई जनताको बहुदलीय जनवादको उत्तराधिकारी आफैलाई ठान्ने गरेको आरोप समेत लगाएका छन् ।
कांग्रेसमा पनि विपी र गिरिजाप्रसाद कोइरालाको विचारमाथि मानमर्दन हुनेक्रम चलिरहेको भन्दै नेतृत्वको संकट देखिएको दाबी गरेका प्रचण्डले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको बताए ।
एमालेमा पनि वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको दाबी गरेका प्रचण्डले भनेका छन्, 'एमालेभित्र झन ठूलो संकट छ । वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको छ । अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जबजको आधारमा टिकाएको र अघि लगेको छ । आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रश्तावक को हो ? भन्नेमा विवाद शुरु भएको छ । यो ठूलो संकट हो ।' प्रचण्डले थप भने, 'मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्नेकुराबाट शुरु भएको प्रक्रिया अहिले पक्कैपनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ । यो संकट गहिरिने देखिएको छ । यो ठूलो आइडोलोजिकल, पोल्टिकल क्राइसिस हो । काँग्रेसमा पनि र एमालेमा पनि । यतिबेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र हो ।’