रुस अमेरिका सम्बन्ध शीतयुद्धपछिको सबैभन्दा न्यून स्तरमा झरेको थियोः पुटिन

4.5k Shares

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको भेटलाई स्वभाविक भएको बताएका छन् । 

संयुक्त पत्रकार सम्मेलनको क्रममा पुटिनले ट्रम्प प्रसंसा गर्दै आपसी सम्मान र रचनात्मक वातावरणमा वार्ता गरेको उल्लेख गर्दै वार्ता सार्थक र फलदायी भएको दाबी गरेका हुन् । 

रुस-अमेरिका शिखर वार्ता गएको चार वर्षदेखि हुन नसकेको दाबी गरेका पुटिनले दुई देशको सम्बन्ध शीतयुद्धपछिको सबैभन्दा न्यून स्तरमा झरेको बताए । 

द्वन्द्धको बाटोबाट समाधानमा आउनैपर्ने बाध्यता औल्याएका पुटिनले दुई राष्ट्र प्रमुखको प्रत्यक्ष भेट भएको उल्लेख गरेका पुटिनले ट्रम्पसंग प्रत्यक्ष सम्पर्क स्थापित भएको र फोनमा समेत पटक-पटक खुला छलफल गरेको स्मरण गरेका हुन् । 

रुसले अमेरिकाले युक्रेनको अहिलेको स्थितिलाई वार्ताबाट समाधान खोज्न गरेको प्रयासलाई रुसले मान्यता दिने भन्दै द्वन्द्धको जरा कहाँ छ भन्ने कुरा बुझ्ने प्रयासको समेत सराहना गरेका हुन् । 

युक्रेनमा भएका घटना रुसको राष्ट्रिय सुरक्षासंग जोडिएको विषय भएको दाबी गरेका पुटिनले युक्रेनी जनतालाई दाजुभाईको रुपमा लिएको र एउटै जराबाट आएको समेत भनेका छन् । अहिलेको स्थितिबाट आफू अत्यन्तै दुखी बनेको र समाधानका निम्ति समेत अग्रसर बन्ने पुटिने जिकिर गरे ।

युक्रेन समस्या समाधानका लागि रुसका वैध चासोलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका पुटिनले युरोप तथा विश्वमा सुरक्षाको उचित सन्तुलन पुनःस्थापित गरिनुपर्नेमा समेत जोड दिए ।

यस्तै, पुटिनले ट्रम्पले आफू राष्ट्रपति भएको भए युद्ध हुँदैन थियो भन्ने भनाईमा आफूलाई पनि त्यो विश्वास रहेको बताए । यस्तै युक्रेन समस्या समाधानका निम्ति समेत यथाशक्य चाँडो निष्कर्मा पुग्नु उपर्यक्त हुने उनको जिकिर थियो । 

सम्बन्धित समाचार