पार्टी एकता अनुमोदन गर्ने सम्बोधनमा प्रडण्डः जनार्दन जी घर फर्किनुस

2.9k Shares

काठमाडाैं । माओवादी केन्द्रका संयोजक प्रचण्डले जनार्दन शर्मालाई पार्टीमै फर्किन अपिल गरेका छन् ।

माओवादी केन्द्रबाट विद्रोह गरेका जनार्दन शर्मालाई प्रचण्डले घरमै रहेर काम गर्न अपिल गरेका हुन् ।

माओवादी केन्द्रको अन्तिम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्माबारे भने, 'संगै काम गरेका एकजना सहयोद्धा कमरेड आज यहाँ हुनुहुन्न । कमरेड जनार्दन शर्मा 'प्रभाकर' । यो हामीलाई अत्यन्तै नमिठो लागेको छ । उहाँ यहि हुन पर्थ्यो ।'

प्रचण्डले जनार्दनले आफूलाई भेटेर केहि समय आफैले राजनीतिक काम गर्ने र प्रचण्डबीना आफू र आफूबीना प्रचण्डलाई कस्तो महशुस हुने रहेछ, त्यो हेराैं भन्दै बाहिरिएको र साैहार्दता देखाएको दाबी समेत गरे । 

प्रचण्डले जनार्दनसंग लामो सहकार्य गरेको स्मरण गर्दै महत्वपूर्ण जिम्मेवारी दिएकोदेखि पार्टीमा कारबाहीका कुरा उठ्दा समेत आफुले नेतृत्वको हिसाबले जोगाएको दाबी गरे । तर, यता जनार्दनले भने प्रगतिशिल अभियान नेपालको घोषणा गर्दै माओवादी केन्द्रसंगको राजनीतिक सहकार्य तोडेका छन् । 

यस्तै, माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेकपा एकीकृत समाजवादीसहितका ८ दलसंगको पार्टी एकतालाई समेत अनुमोदन गरेको छ । 

सम्बन्धित समाचार