1.3k
Shares
वर्तमान संघीय संविधान (संसद) का कमजोरीहरूलाई आधार बनाएर ठूला दल, तिनका नेताहरू र सरकारले देखाएको भ्रष्टाचार, अत्याचार र अकर्मण्यताको चरम अवस्थामा ऐतिहासिक जेन–जी आन्दोलन सुरु भयो ।
आन्दोलनमा बाहिरी घुसपैठका कारण ऐतिहासिक सम्पदादेखि लिएर ठूलो धन–जनसम्मको उल्लेखनीय क्षति भए पनि यसले आवश्यक संरचनात्मक सुधारको स्पष्ट संकेत दियो र अन्ततः सफल मानियो ।
आन्दोलनको दबाब र जनभावनाअनुरूप तत्कालीन सरकार विघटित भयो । त्यसपछि आन्दोलनको मर्मअनुसार गैरदलीय, स्वतन्त्र अन्तरिम सरकार गठन गरियो ।
साथै, प्रतिनिधिसभा पनि विघटन गरिँदै नयाँ बाटो निर्माणको प्रक्रिया अघि बढाइयो ।