नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो, आज कति पर्छ?

3.3k Shares

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य आज वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला १,८०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार यसको मूल्य २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो।

उस्तै, चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रति तोला १६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
बिहीबार चाँदी ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

 
 
सम्बन्धित समाचार