काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। यस बैठकले लोकतन्त्र, संसद्, विद्यार्थी राजनीति, सुकुम्बासी समस्या लगायतका विषयमा निर्णय गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दामा धारणा तय गरेको छ ।

यस बैठकले बुधबार आह्वान गरिएको संसद् बैठक बिहीबार हठाथ् स्थगित गरेको भन्दै कडा आपत्ति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् । उनका अनुसार संसद् अधिवेशन बोलाएर बैठक नै नबसी स्थगित गरिएको घटनालाई लिएर कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
यसैबीच नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधानमा जोड गर्दै सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न वास्तविक सुकुम्बासी पहिचान गरी आवास र जग्गा उपलब्ध गराउनुपर्ने बताएको छ । उसले बैठकबाट बल प्रयोगभन्दा मानवीय उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ ।