संवैधानिक परिषद्को बहुमतबारे विश्वप्रकाशको प्रश्न, प्रधानमन्त्रीलाई नजिर सम्झाए

1.3k Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले संवैधानिक परिषद्मा बहुमतको व्याख्यालाई लिएर प्रधानमन्त्रीलाई लक्षित गर्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले २०८१ जेठ १४ गते सर्वोच्च अदालत ले गण्डकी प्रदेशसभाको सन्दर्भमा दिएको नजिर उद्धृत गरेका हुन् । शर्माले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य आवश्यक हुने सर्वोच्चको व्याख्या स्मरण गराउँदै “बहुमत हुन बहुसंख्यक संख्या नै आवश्यक पर्ने” उल्लेख गरेका छन् ।

उनले यही आधारमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिलाई बहुमत मान्न नसकिने जिकिर गरेका छन् । शर्माको अभिव्यक्तिलाई संवैधानिक परिषद्को निर्णय प्रक्रिया र बहुमतको व्याख्याप्रति उठाइएको प्रश्नका रूपमा हेरिएको छ ।

संवैधानिक निकायसम्बन्धी निर्णय प्रक्रिया र परिषद्को बैठकमा गणपूरक संख्या तथा बहुमतको विषय पछिल्ला दिनमा राजनीतिक वृत्तमा बहसको विषय बनेको छ ।

सम्बन्धित समाचार