सुदूरपश्चिममा कांग्रेसको प्रदेशस्तरीय भेला आजदेखि

2.1k Shares

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ । दुई दिनसम्म सञ्चालन हुने भेलाको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम रहेको छ ।

भेलामा सहभागी हुन सभापति थापा शनिबार बिहान जहाजमार्फत धनगढीतर्फ प्रस्थान गरेका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे भने यसअघि नै धनगढी पुगिसकेका छन् ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको वैशाख २३ गते बसेको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट कार्यक्रम सुरु गरिएको जनाइएको छ ।

 
 
 
सम्बन्धित समाचार