मन्त्रिपरिषद् बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने सम्भावना

2.3k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको हो।

सरकारका नियमित निर्णय, प्रशासनिक कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। यद्यपि बैठकका एजेन्डाबारे औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।

सरकारले पछिल्ला दिनमा विभिन्न नीतिगत निर्णय, विकास आयोजनाको प्रगति, कर्मचारी सरुवा तथा समसामयिक राष्ट्रिय मुद्दामाथि छलफल गरिरहेको सन्दर्भमा आजको बैठकलाई पनि महत्वका साथ हेरिएको छ। आवश्यक निर्णय तथा निर्देशन बैठकपछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार