काठमाडौँ — कृषि, वन तथा वातावरण मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राविधिक समितिअन्तर्गत ‘टास्क फोर्स’ गठन गरेको छ।
मन्त्रालयका अनुसार वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, दीर्घकालीन समाधानका उपाय पहिचान, तथा नीति र कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यो कार्यदल गठन गरिएको हो।
नयाँ टास्क फोर्सले विशेषगरी मानव बस्ती र वन्यजन्तुबीच बढ्दो द्वन्द्वका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उपायहरू अध्ययन गर्नेछ। साथै, स्थानीय तहमा कार्यान्वयन भइरहेको संरक्षण कार्यक्रमको मूल्याङ्कन र सुधारका सुझाव दिने जिम्मेवारी पनि दिइएको छ।
मन्त्रालयले यस कार्यदलमार्फत वैज्ञानिक तथा व्यवहारिक समाधान खोजी गर्दै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।