संघीयताले जनअपेक्षा पूरा गर्न सकेन : केसी

1.8k Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्। उनले संघीय संरचनाले देशको आर्थिक बोझ बढाएको र प्रशासनिक खर्च अनावश्यक रूपमा चुलिएको दाबी गरे।

एक कार्यक्रममा बोल्दै केसीले संघीयता लागू भएयता अपेक्षित विकास र सेवा प्रवाह प्रभावकारी हुन नसकेको उल्लेख गरे। “संघीयताले जनताको जीवनस्तर सुधार्नुको साटो राज्यको खर्च बढाएको छ, उनले भने यसले देशलाई थप ऋणतर्फ धकेलेको छ।

उनका अनुसार अहिलेको राजनीतिक प्रणालीले जनताको वास्तविक आवश्यकता सम्बोधन गर्न सकेको छैन। त्यसैले व्यापक राष्ट्रिय बहससहित संविधान संशोधनमार्फत संघीय संरचनाको पुनरावलोकन गर्नुपर्ने उनको धारणा छ।

केसीले संघीयता खारेजको विषयलाई राजनीतिक प्रतिशोध वा एकपक्षीय एजेन्डा नबनाई राष्ट्रिय हितका आधारमा छलफल गर्न आग्रह गरे। उनले जनताको राय बुझ्दै, समावेशी र जिम्मेवार ढंगले संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार