संसद भवन ‘फिल्म हलजस्तो’ बनाइएको भन्दै एमालेको आपत्ति

1.9k Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित संसद भवनको संरचना प्रतिनिधिसभाको गरिमाअनुसार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले नयाँ संसद भवन ठूलो लगानी र मेहनतका साथ निर्माण गरिएको उल्लेख गर्दै यसको प्रयोग दीर्घकालीन र व्यवस्थित ढंगले हुनुपर्ने बताउनुभयो । उहाँले हतारमा प्रयोग गर्न खोज्दा संसदको गरिमा कमजोर हुने टिप्पणी गर्नुभयो ।

महरले सभामुखले निरीक्षणका क्रममा भवनमा विभिन्न सुधार आवश्यक रहेको बताएको स्मरण गराउँदै अहिले प्रतिनिधिसभा हललाई फिल्म हलजस्तो बनाइएको आरोप लगाउनुभयो ।

उहाँका अनुसार सभाहलमा राखिएका कुर्सी तथा टेबल संसदको स्तरअनुसार नभई सामान्य कक्षाकोठाजस्ता देखिएका छन्। उहाँले प्रतिनिधिसभालाई मर्यादित र गरिमामय बनाउने गरी आवश्यक सुधार गर्न सरकारसँग माग गर्नुभयो ।

सम्बन्धित समाचार