संघीयतापछि सडक निर्माणमा उछाल, देशभर सञ्जाल विस्तार उल्लेखनीय

946 Shares

काठमाडौं । नेपालभर सडक सञ्जाल विस्तार तीव्र गतिमा अघि बढेको छ । पछिल्ला तथ्याङ्कअनुसार देशभर कुल सडकको लम्बाइ १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ ।

सरकारी तथा स्थानीय तहका योजनामार्फत सडक पूर्वाधार विस्तार भएपछि दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत यातायात पहुँच विस्तार भएको देखिएको छ । विशेषगरी संघीयता कार्यान्वयनपछि स्थानीय तहले सडक निर्माणलाई प्राथमिकतामा राखेपछि सडक सञ्जाल उल्लेखनीय रूपमा बढेको हो ।

भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका अनुसार राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, प्रदेश तथा स्थानीय सडकहरूको विस्तारसँगै देशका अधिकांश बस्ती सडक सञ्जालसँग जोडिन थालेका छन् । तर, कतिपय स्थानमा सडकको गुणस्तर, मर्मत–सम्भार र दिगोपनका विषयमा अझै चुनौती रहेको विज्ञहरूले बताएका छन् ।

सडक विस्तारसँगै यातायात पहुँच सहज भए पनि ट्राफिक व्यवस्थापन, दुर्घटना जोखिम तथा वातावरणीय प्रभावका विषयमा थप सुधार आवश्यक रहेको बताइन्छ ।

सरकारले आगामी वर्षहरूमा सडक पूर्वाधारलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित योजना अघि बढाइरहेको जनाएको छ ।

सम्बन्धित समाचार