1.1k
Shares
काठमाडौं । काठमाडौंमा मुस्लिम समुदायले बिहीबार बकर इद (इद–उल–अजहा) धुमधामका साथ मनाएका छन्। राजधानीका जामे मस्जिद, कश्मीरी मस्जिदलगायत विभिन्न मस्जिदमा बिहानैदेखि नमाज अदा गर्ने श्रद्धालुको भीड देखिएको थियो।
धार्मिक परम्पराअनुसार नमाजपछि एक–अर्कालाई ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरिएको थियो। परिवार तथा आफन्तबीच भेटघाट, परिकार वितरण र सामूहिक सद्भावका गतिविधिसमेत गरिएको जनाइएको छ।
बकर इद मुस्लिम समुदायको प्रमुख पर्वमध्ये एक हो, जुन रमजानपछि करिब ७० दिनपछि मनाइन्छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको थियो।