पोखरामा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध महानगरको कडा कारबाही

1.5k Shares

कास्की । कास्कीको पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्र वरपर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचनामाथि महानगरपालिकाले कडा कारबाही गरेको छ ।

सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियानअन्तर्गत महानगरले उक्त क्षेत्रमा बनेका टहरा, पसल तथा अन्य अस्थायी संरचनामा डोजर चलाउँदै हटाएको हो ।

Pokhara-Atikraman-(2)-1779951901.jpeg

महानगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने योजनाअनुसार नगर प्रहरी, प्राविधिक टोली तथा सम्बन्धित निकायको समन्वयमा कारबाही अघि बढाएको जनाएको छ ।

कारबाहीका क्रममा अतिक्रमण गरी बनाइएका संरचनाहरू क्रमशः हटाइएका थिए भने स्थानीय स्तरमा आवश्यक सुरक्षा व्यवस्था समेत मिलाइएको थियो ।

महानगरका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण, यातायात व्यवस्थापनलाई सहज बनाउने र बसपार्क क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अतिक्रमण हटाइएसँगै उक्त क्षेत्रमा दीर्घकालीन व्यवस्थापन र सौन्दर्यीकरणका कार्यक्रम अघि बढाइने पनि जनाइएको छ ।

सम्बन्धित समाचार