सामाजिक सुरक्षा भत्ता फेरि बढ्ने कि नबढ्ने? राज्यको खर्च र जनचासोबीच बहस चर्कियो
1k
Shares
काठमाडौं । सामाजिक सुरक्षा भत्ता बढ्ने कि नबढ्ने भन्ने चासो सरकारले जेष्ठ नागरिक, एकल तथा विधवा महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति र बालबालिकालाई लक्षित गर्दै ८ शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। तीमध्ये जेष्ठ नागरिक भत्तामा राज्यको सबैभन्दा ठूलो खर्च हुँदै आएको छ।
नेपालमा सामाजिक सुरक्षा भत्ताको सुरुआत आर्थिक वर्ष २०५१/५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको हो। त्यसबेला ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक १०० रुपैयाँ वृद्धभत्ता दिन थालिएको थियो। समयक्रममा विभिन्न सरकार र अर्थमन्त्रीका पालामा वृद्धभत्ता क्रमशः बढ्दै हालको स्तरमा पुगेको छ।
हाल ६८ वर्ष पुगेका जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउँछन् भने साविक कर्णालीका ६० वर्ष पुगेका जेष्ठ नागरिक र देशभरका दलित नागरिकले २ हजार ६६० रुपैयाँ पाउने व्यवस्था छ। एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति तथा बालबालिकाका लागि पनि फरक–फरक दरमा भत्ता वितरण हुँदै आएको छ।
राज्यकोषमा दबाब र बढ्दो महँगीबीच चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता फेरि बढ्छ कि बढ्दैन भन्ने विषयमा व्यापक चासो देखिएको छ।