सरकारले ‘भिजन काठमाडौं–२०४०’ अन्तर्गत विद्युतीय बस र स्मार्ट अर्बन मोबिलिटी योजना घोषणा गर्‍यो

1.6k Shares
सरकारले 'भिजन काठमाडौं–२०४०' को दीर्घकालीन एकीकृत योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बससहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने बताउनुभयो । सरकारले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय बसले विस्थापित गर्ने योजना सार्वजनिक गरेको छ । १५ जेठ, काठमाडौं । सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ । सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए । उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ । पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणा समेत उनले गरे ।
सम्बन्धित समाचार