खेलकुद क्षेत्रका लागि ४.३ अर्ब बजेट विनियोजन, पूर्वाधार र खेलाडी विकासमा जोड

1.4k Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रतर्फ करिब ४.३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विस्तार, खेलाडी उत्पादन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताएका हुन्।

बजेटमा खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण केन्द्रहरूको स्तरोन्नति तथा विभिन्न राष्ट्रिय प्रतियोगिता सञ्चालनका कार्यक्रम समेटिएको छ।

 
 
सम्बन्धित समाचार