सुधार र लगानीमुखी बजेटको स्वागत-विकासमुखी बजेटको प्रशंसा : मनिष झा

1.9k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बजेटप्रति निकै उत्साहित रहेको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेटलाई लिएर पार्टी नेतृत्वमा सकारात्मक प्रतिक्रिया रहेको उल्लेख गर्दै बजेटलाई विकास र सुधारमुखी दिशातर्फको प्रयासका रूपमा हेरिएको बताएका हुन् ।

झाका अनुसार बजेटमा समेटिएका योजना र सुधारका कार्यक्रमले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ । साथै, निजी क्षेत्र र लगानी विस्तारलाई प्राथमिकतामा राखिएको विषयलाई पार्टीले स्वागत गरेको उनले बताएका छन् ।

तर उनले कार्यान्वयन क्षमता र स्रोत व्यवस्थापनमा भने सरकार गम्भीर हुनुपर्ने सुझाव पनि दिएका छन् ।

सम्बन्धित समाचार