प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद, कांग्रेस र नेकपाद्वारा आपत्ति

2.5k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएका अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ। संसदमा बोल्दै प्रधानमन्त्री शाहले भारतले मात्र होइन, नेपालले पनि भारततर्फको जग्गा मिचेको टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा दुवै दलले आपत्ति जनाएका छन्।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारबाट स्पष्टिकरण आउनुपर्ने माग गरेकी छन्। उनले आवश्यक परेमा उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने समेत बताइन्।

त्यसैगरी नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीको भनाइ आपत्तिजनक रहेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा असन्तुष्टि बढ्दै गएपछि विषयले राजनीतिक बहसको रूप लिएको छ।

 
 
सम्बन्धित समाचार