नेपालमा भेटको ३२ दिनपछि भारतमा फेरि रवि लामिछाने र ट्रम्पका विशेषदूत सेर्गिओ गोरबीच भेट

2.9k Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत तथा भारतका लागि अमेरिकी राजदूत सेर्गिओ गोरले भारतमा पुनः भेट गरेका छन् ।

गोरले करिब ३२ दिनअघि (वैशाख १९ गते) काठमाडौंमा लामिछानेलाई भेटेका थिए । त्यसपछि भारत भ्रमणमा रहेका लामिछानेलाई उनले बिहीबार फेरि भेट गरेको सार्वजनिक भएको हो । भेटको तस्वीर गोरले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको र नेपालको समृद्धिमा सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

भारत भ्रमणमा रहेका नेपाली नेतासँग भारतका लागि अमेरिकी राजदूतले गरेको यो भेटलाई कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ । सन् १९५९ मा काठमाडौंमा अमेरिकी दूतावास स्थापना हुनुअघि अमेरिकी राजदूतहरूले नेपाल मामिला पनि हेर्ने भएकाले नेपाली नेतासँग भेटघाट गर्ने अभ्यास रहेको इतिहास पनि स्मरण गरिएको छ ।

 
सम्बन्धित समाचार